वैदेशिक रोजगारीमा पठाउन खोज्ने २ विदेशी नागरिक काठमाण्डौंमा पक्राउ
काठमाडाैं | जेठ ७, २०८०
सांकेतिक तस्बिर
काठमाण्डौं: सरकारी अनुमति र प्रकृयाबिना पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण सेमिनार गर्न खोज्ने दुई जना विदेशी नागरिक काठमाण्डौंमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलारुसका ३० वर्षीया रीता फियाडोसिक र ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् विज्ञापनबारे जानकारी गराइ पोल्याण्डमा रोजगारीका बारेमा हिजो शनिवार र आज आइतवार सेमिनार गर्ने बताएका थिए ।
पक्राउ परेका उनीहरुको बारेमा वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

